Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Blog
भागवत गीता के हो?
भागवत गीता भगवान कृष्णद्वारा प्रदान गरिएको एक अद्वितीय आध्यात्मिक ज्ञानको भण्डार हो, र यसलाई पूर्ण धर्मशास्त्र मानिन्छ। जतिखेर धर्मक्षेत्र कुरुक्षेत्रमा भेला भएका स्वजन, इष्टमित्र, गुरुजन आदिलाई देखेर विछिप्त भएका अर्जुन आफ्नो कर्तव्य पथबाट विमुख हुन्छन्। तिनै अर्जुनलाई शान्तवना दिँदै, भगवान श्रीकृष्णले सत्य, धर्म, कर्म, भक्ति र ज्ञानको उपदेश गर्नुहुन्छ। अन्ततः उहाँ अर्जुनलाई युद्धभूमिमा उभ्याउनुहुन्छ। हो, भगवान कृष्ण र शिष्य अर्जुनबीचको यही संवाद नै भागवत गीता हो।
भागवत गीता: शुद्ध अध्यात्मिक मार्गदर्शन:
यद्यपि भागवत गीता महाभारतकै एक अंश हो, भगवान वेदव्यासले यसलाई अलग्गै संकलन गर्नुभयो। यसको मुख्य कारण थियो—गीताको शुद्धता र मौलिकताको रक्षा गर्नु, ताकि कुनै पनि व्यक्ति यसलाई भौतिक घटनाक्रमसँग जोडेर अनावश्यक विरोधाभास नखडागरोस। गीता कुनै विशेष जाति, पन्थ, लिङ्ग, भाषा वा परम्परागत सोचमा सीमित छैन। यो एक शुद्ध अध्यात्मिक प्रकाश हो—सर्वव्यापी सत्यको खोजीमा अग्रसर गराउने अमूल्य ग्रन्थ हो।
संसारमा रहेका थुप्रै पन्थहरू आज हिंसामा लिप्त देखिन्छन्। किन? किनभने तिनीहरूले अध्यात्म र भौतिक चिन्तनलाई एकैठाउँ गिजोलेका छन्।सत्तासीन वर्गहरूले समय र परिस्थितिअनुसार आफूअनुकूल तिनको व्याख्या र परिभाषा गरेका छन्। उनीहरू भन्छन—“हामी नै सत्य हौं, हाम्रो मार्ग नै सर्वश्रेष्ठ हो।” तर वास्तविकता के हो भने—त्यो केवल भ्रम हो, मिथ्या हो। समुद्रमा पानी छ, हिलोमा पानी छ, नालीमा पानी छ, जमिन मुनि र आकाशमा पनि पानी छ। तर के सबै पानी पिउन योग्य छ? पिउन योग्य छ यदि तपाईंले त्यहाँबाट पानी मात्र छुट्याएर पिउन सक्नुहुन्छ भने, जुन अत्यन्त कठिन छ, लगभग असम्भव जस्तै। तर यदि दूषित पदार्थसहित पानी सेवन गरियो भने, त्यो पानी विषाक्त हुन सक्छ। पानी आफैंमा अमृत हो, तर दूषित पदार्थहरूले यसलाई विषाक्त बनाउँछन्।
अध्यात्म आफैं अमृत हो, तर धर्मको आवरण ओढेका पन्थीहरूले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि यसलाई विषाक्त बनाएका छन्।
तर थाहा छ, पानी शुद्धिकरण गर्नुको सट्टा दूषित पानीलाई रंग रोगन गरेर “मेरो पानी सबैभन्दा श्रेष्ठ” भन्दै बेच्ने र त्यसलाई पिउने पाखण्डीहरू सबैभन्दा गुलियो भन्दै चिच्याउँछन्। तर उनीहरूलाई के थाहा? दूषित पानीमा खनिएको चिनीले गन्ध र स्वाद लुकाउँछ, तर शरीरका लागि त्यो विष हो भनेर।
गीता हामीलाई सच्चा आत्मज्ञान र सत्यमार्गमा अग्रसर गराउने चिरस्थायी प्रकाशस्तम्भ हो।
अद्यात्म के हो ?
अध्यात्म सुष्मभन्दा सुष्म विज्ञान हो।अध्यात्मलाई कतिपयले विज्ञान सिद्धिएपछि मात्र प्रारम्भ हुने भन्ने कुतर्क गर्छन्। तर त्यो सत्य होइन। अध्यात्म आफै पूर्ण विज्ञान हो। जसरी वेद, उपनिषद् आदिले मौलिक सिद्धान्तहरू प्रस्तुति गर्छन्, त्यसरी नै योग साधना ती सिद्धान्तहरूको प्रयोगशाला हो।
वेद र उपनिषद् शब्द रूपी सूत्रहरू हुन् भने योग तिनै सूत्रहरूको आत्मानुभूतिमा आधारित परीक्षण प्रक्रिया हो। जहाँ अनुभूति नै प्रमाण हो। जसरी भौतिक विज्ञान प्रयोगशालामा यन्त्रको माध्यमले खोजिन्छ, अध्यात्म विज्ञान साधक स्वयंलाई यन्त्र बनाएर सत्यको अनुसन्धान गर्छ। यसर्थ, अध्यात्म बाहिरी आवरणको कुरा होइन; यो अन्तर्मनको, अन्तर्ज्ञानको, र सनातन सत्यको प्रत्यक्ष अनुभूति गर्ने विज्ञान हो।
कसैले चिनीको स्वाद तबसम्म जान्न सक्दैन, जबसम्म उसले आफैंले चिनी चाख्दैन। त्यसरी नै अध्यात्म पनि आफैंले अनुभव गर्नुपर्ने कुरा हो। यसलाई केवल सिद्धान्त पढेर वा सुनेर बुझे जस्तो देखिए पनि, वास्तविक बोध त अनुभूतिले मात्र हुन्छ। अध्यात्म सैद्धान्तिक ज्ञान होइन — यो अनुभूतिको विज्ञान हो। त्यसैले, जो साधकले आत्मबोध गर्दछ, ऊ साक्षात् सत्यसँग एकाकार हुन्छ। अनि जब एकपटक सत्य अनुभूत हुन्छ, त्यसपछि न त भ्रम बाँकी रहन्छ न त विवाद। यो विज्ञान स्थूललाई त्यागेर सुष्म, अनि सुष्मभन्दा पनि परब्रह्मसम्म पुग्ने मार्ग हो।
भागवत गीतामा कतै पनि कुनै कुरा जबर्जस्ती लादिएको छैन।
यहाँ ज्ञान प्रदान गरिएको छ, तर निर्णयको स्वतन्त्रता सधैं निमित्त पात्र—अर्जुन माथि छोडिएको छ। जस्तै, अठारौँ अध्यायको ६३ औँ श्लोकमा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ:
इति ते ज्ञानम् आख्यतं गुह्यगुह्यतरं मया।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु।। १८.६३।।
“यस भन्दा अगाडि मैले तिमीलाई सम्पूर्ण गोप्य ज्ञान बताएँ। अब तिमीले जस्तो चाहन्छौ, त्यस्तै गर।” (तात्पर्यतः निर्णय तिमीमाथि छ।) संसारका धेरै ग्रन्थहरूले मानिसलाई आदेश दिन्छन्—“गर्नैपर्छ”, “नगर्नू” भन्दै बाध्य पार्छन्। तर गीता भने सत्य बताउँछ र त्यसपछि पूर्ण स्वतन्त्रता दिन्छ। यहाँ बाँध्ने होइन, चेतना विस्तार गर्ने प्रयास छ। आदेश होइन, बोध गराउने शिक्षा छ। गीताको यही विशेषता नै यसलाई अद्वितीय बनाउँछ— यो कुनै पन्थ, वाद, बाध्यता होइन, स्वतन्त्र बोध र स्वतन्त्र निर्णयको मार्ग हो।
शास्त्र के भन्छ?
शास्त्रले भन्छ — कुनै पनि ग्रन्थलाई केवल नाम, प्रसिद्धि वा परम्पराको आधारमा स्वीकार गर्नु हुँदैन। कति नै प्रिय, प्रसिद्ध वा रुचाइएको शास्त्र किन नहोस्,त्यो पनि पुनःपुनः जाँचिनु, मनन गरिनु र परीक्षण गरिनु आवश्यक छ। “शुतिन्तित शास्त्र पुनि पुनि देखी।” एकदम चिन्तन गरिएको शास्त्रलाई पनि वार वार हेर्नु पर्छ।
के भागवत गीता सबैको लागि हो ?
विशेषतः भगवद्गीता अधिकारी (साधक) का लागि हो। पढ्न त सबैले सक्छन्, तर यसको वास्तविक उपयोगिता त केवल साधकका लागि हो। यदि यो सबैका लागि नै थियो भने, कृष्णले केवल अर्जुनलाई मात्र किन सुनाउनु भयो? र यदि यो सबैका लागि थिएन भने, वेदव्यासले किन यसलाई संकलन गरेर मानव हितको लागि संसारमा छोडेर जानु भयो?
यो गुप्त ज्ञान हो, प्रचारको सामग्री होइन। कृष्णले गीता को अन्तिम (अठारौं) अध्यायमा स्पष्ट रूपमा भन्नु भएको छ — यस ज्ञानलाई जबरजस्ती कसैलाई सुनाउनु हुँदैन। यदि कोही यस ज्ञानको निन्दा गर्छ वा यसलाई गलत भन्छ भने, उसलाई यो सुनाउनु उपयुक्त होइन।
याथर्थ गीतामा आधारित
मैले धेरै गीता सम्बन्धी टीकाटिप्पणीहरू पढेँ, तर सबैभन्दा सटिक र यथार्थपरक प्रस्तुति श्री अड्गडानन्दजी महाराजद्वारा प्रस्तुत याथार्थ गीता लाग्यो। आज म यही गीतामा आधारित रहेर मैले बुझेको अर्थ यहाँहरू समक्ष राख्न चाहन्छु।
भागवत गीताको पहिलो श्लोक अत्यन्त महत्वपूर्ण छ।धितराष्ट्र सोध्छन्, “हे सजंये धर्म क्षेत्र कुर क्षेत्रमा एकत्रित भएका मेरा र पाण्डु पुत्रले के गरे!” यो कुन युद्ध हो जहाँ आफ्नै स्वजन, बान्धवहरू आमनेसामने उभिएका छन्? के यो भौतिक युद्ध मात्रै हो? यहाँ उठ्ने प्रश्न केवल बाह्य युद्धको होइन, अपितु अन्तरमनमा उत्पन्न द्वन्द्वको हो।
यसलाई बुझ्नका लागि हामीले तेह्रौं अध्यायको दोस्रो श्लोक सम्झनु आवश्यक छ। त्यहाँ भगवान कृष्ण भन्नुहुन्छ—यो शरीर नै युद्धभूमि हो। जब दैवी प्रवृत्ति हावी हुन्छ, त्यो धर्मक्षेत्र हुन्छ; तर जब आसुरी प्रवृत्ति हावी हुन्छ, त्यही नै कुरुक्षेत्र हो। दैवी शक्ति जो शास्वत सनातन तिर डोर्याउछ भने आसुरी जड प्रकृति तिर खिच्छ।
यसर्थ, गीता कुनै भौतिक युद्धको मात्र चित्रण होइन; यो विशुद्ध आन्तरिक संघर्ष, अन्तरआत्मिक युद्धको प्रतीक हो। त्यस युद्धमा रहेका पात्रहरू विभिन्न आध्यात्मिक अवस्थाहरू र मनोवृत्तिहरूका प्रतिनिधि पात्र हुन्।
अब प्रश्न उठ्न सक्छ—यदि यो आन्तरिक संघर्ष थियो भने, वेदव्यासले महाभारतलाई इतिहास किन भन्नुभयो?
हो, महाभारत एक घटित ऐतिहासिक घटना हो। तर हामीले बुझ्नुपर्छ—बाह्य युद्ध जित्नुभन्दा पहिले आन्तरिक मनोयुद्ध जित्न आवश्यक हुन्छ।
उदाहरणका लागि—एउटा बिरालोलाई तपाईँले टेबलबाट हामफाल्न भन्नुहोस्, उसले मान्दैन। तर एकचोटि तपाईंले उसलाई समातेर हाम फलाउनु भयो भने, अर्को पटक ऊ आफैं हामफाल्छ। किन? अब उसको मनमा द्विविधा छैन; ऊ आत्मविश्वासी छ, ऊ जान्दछ—ऊ सुरक्षित छ।
यस्तै गरी, अनेकौं भ्रम, मोह र कुरीतिमा जकडिएको अर्जुनको मनको द्विविधा र संघर्ष नै भागवत गीताको आधार हो।श्रीकृष्णको उपदेश त्यही मनोभूमिमा विजय हासिल गर्ने ज्ञानको अस्त्र हो।
अर्जुन—एक महान योद्धा, तर युद्धबाट विमुख किन?
अर्जुन आफैमा एक अद्वितीय वीर थिए। उनले अनगिन्ती युद्धहरू लडेका थिए—विराट युद्धमा त उनले भिष्म, द्रोण, कर्ण र दुर्योधनजस्ता महारथीहरूलाई परास्त गरेका थिए। तर आज, त्यही अर्जुन आफ्नो गाण्डीव उठाउन सक्दैनन्। यो भन्दा ठूलो रङ्गमञ्च एउटा योद्धाको लागि के हुन सक्छ तर यो कस्तो युद्ध हो जहाँ एकजना महावीर योद्धा युद्ध प्रारम्भ गर्नु अघि नै शिथिल र विचलित हुन्छ?
के अर्जुनलाई थाहा थिएन कि यो युद्धमा उनका आफ्नै स्वजनहरू सहभागी हुनेछन्? अवश्य थाहा थियो। तर त्यो जानकारिमा पनि एउटा दूरी थियो—हृदयले त्यो यथार्थलाई स्वीकार गरिसकेको थिएन।
जब उनले युद्धभूमिमा आफ्ना गुरूजन, भाईबन्धु, भतिजाहरू, विशेषतः १६–१७ वर्षका अभिमन्यू र अन्य पाण्डव सन्तानहरूलाई देख्छन —तब अर्जुनको हृदय विदीर्ण हुन्छ। उनी विचलित दुर्योधन वा कौरवहरूलाई देखेर होइन, आफ्नै परिवारका आशाहरू, सपना र भविष्यलाई अन्धकारमय देखेर हुन्छन्।
परिवारको सुखका लागि लडिएको युद्धमा जब परिवार नै युद्धभूमिमा समाप्त हुन्छ, उनले सोच्दछन्, “त्यस युद्धको विजयले के अर्थ दिन्छ?”
उनको प्रश्न थियो—यदि जितेपछि आफ्ना नै छैनन् भने त्यो विजय कसका लागि? यदि स्वर्गको प्राप्ति हुने नै हो भने पनि, म यस्तो युद्ध गर्ने छैन जसले आफ्नालाई त्यागनु पर्छ। अर्जुन घोषणा गर्छन—“यी सम्बन्धहरु त्याग गरेर स्वर्ग प्राप्त गर्नु भन्दा म भिक्षा मागेर बाँच्छु।”
अर्जुनका पीडादायक शब्दहरू सुनेपछि भगवान श्रीकृष्ण मुस्कुराउँदै भन्नुहुन्छ—“हे पार्थ, यस्तो विषम परिस्थितिमा तिमीले गरिरहेको यो शोक उचित होइन। यो त वीरताप्रति कलंक हो। उठ! र युद्धका लागि खडा हौ।”
तर अर्जुन अझै पनि आफ्नै तर्कमा दृढ रहन्छन्। उनी भन्छन्—“हे माधव, म कसरी युद्ध गरूँ ती भिष्म पितामहसंग, जो स्नेहका सागर थिए? म कसरी अस्त्र उठाउँ गुरु द्रोणविरुद्ध, जसले मलाई युद्धविद्या दिएका थिए—जति उनले आफ्ना पुत्र अश्वत्थामालाई पनि दिएनन्?”
“म जान्दछु—यो केवल युद्ध होइन, यो परिवारको विसर्जन हो। भोली कुनै शेष रहँदैन, पिण्डदान गर्नलाई । यस्तो पीडादायक सत्य जान्दा जान्दै म कसरी हातमा शस्त्र उठाउँ? यी सब कुरा त अज्ञानीहरूले बुझ्दैनन्, तर तिमी र म त जान्दछौं, होइन र?”
त्यसै सन्दर्भमा अर्जुन एक गहिरो सामाजिक चिन्तालाई पनि व्यक्त गर्छन्। उनी भन्छन्—“हे कृष्ण, यो युद्धले कुलको विनाश गर्छ। जब कुल विनाश हुन्छ, त्यहाँ कुल धर्म पनि नाश हुन्छ। कुल धर्म नाश हुँदा वर्ण संकर (समाजमा उचित सामाजिक व्यवस्था बिना उत्पन्न भएको मिश्रित प्रवृत्तिको संतान) उत्पन्न हुन्छन्।”
“वर्ण संकरले न केवल कुलको परम्परा, संस्कृति र मूल्यहरू समाप्त गर्छन्, तर पितृहरूलाई पिण्ड र तर्पण पनि प्राप्त हुँदैन। जसको परिणामस्वरूप पितृगण पनि अधोगति सँगै पतनमा जान्छन्।”
“त्यसैले, हे जनार्दन, यस्तो पापकार्यबाट हामीले जोगिनुपर्छ।”
पारिवारिक मोह, सामाजिक उत्तरदायित्व र धार्मिक कर्तव्यबीच द्वन्द्वमा फसेका अर्जुनको मन पूर्ण रूपमा विचलित हुन्छ।अनततः दिग्रभ्रमीत भएका अर्जुन के ज्ञान हो के अज्ञान हो छुट्ट्याउने नसक्ने अवस्था मा भन्छन—“म अब पूर्णरूपले तिमीप्रति समर्पित छु। मलाई सही मार्ग देखाऊ, हे गोविन्द।”
यसै क्षणदेखि गीता आरम्भ हुन्छ—जब अर्जुन “शिष्यः तेऽहं शाधि मां त्वां प्रपन्नम्” (म तिम्रो शिष्य हुँ, मलाई उपदेश देऊ) भनी आत्मसमर्पण गर्छन्।
अर्जुन को थिए?
के उनी केवल पिण्डरूपधारी कुन्तीपुत्र थिए? होइन। ‘अर्जुन’ अनुराग (अर्थात् शुद्ध प्रेम) को प्रतीक हुन्। अर्जुन कुनै एक पात्र मात्र होइन, त्यो एउटा अवस्थाको नाम हो। अध्याय एघारमा, श्रीकृष्ण अर्जुनलाई आफ्नो विराट स्वरूप देखाउनुहुन्छ। विराट स्वरूप देखाउँदै उहाँ भन्नु हुन्छ —
“आजसम्म न त कुनैले यो स्वरूप देखेको थियो, न भविष्यमा नै कोही देख्नेछ। यो दर्शन केवल तिमीले प्राप्त गरेको छौ, हे अर्जुन।”
तर यो बुझ्न जरुरी छ—यहाँ उल्लेख गरिएको ‘अर्जुन’ केवल कुन्तीपुत्र अर्जुन होइन।
‘अर्जुन’ एक विशुद्ध अवस्थाको नाम हो। जब कुनै साधक शुद्ध भक्ति, श्रद्धा र समर्पणमा पूर्णतः स्थित हुन्छ, जब ऊ आफ्नो अहंकार, मोह र संशयहरूबाट मुक्त हुन्छ—त्यस बेला मात्र उसले विराट सत्य (परमात्माको वास्तविक स्वरूप) देख्न सक्छ।
यसैले, गीता भौतिक पात्रहरूको कथा मात्र होइन; त्यो हाम्रै आन्तरिक यात्राको कथा हो। जब हामी अर्जुनजस्तै पूर्ण समर्पित र निर्मल हुन्छौं, तब मात्र कृष्ण स्वयं आफ्नो विराट स्वरूप प्रकट गर्नुहुन्छ।
जीवनको कुनै कालखण्डमा हरेक व्यक्ति अर्जुनको अवस्थामा पुग्छ—जब ऊ मोह, संशय र कर्तव्यबोधबीच द्वन्द्वमा फस्छ। त्यतिबेला उसलाई मार्गदर्शन गर्ने गुरु अथवा, —कृष्णको आवश्यकता पर्छ।
अध्यात्मिक युद्ध: सबैभन्दा ठूलो संग्राम!
अध्यात्मिक लडाइँभन्दा कठिन र महान अर्को कुनै युद्ध छैन।जब कुनै साधक यस रणभूमिमा उभिन्छ, ऊ अकस्मात् हतास हुन्छ। किनकि यो त्यस्तो युद्ध हो, जहाँ उसले आफ्नै परिवार, आफ्ना प्रियजनहरूको मोह र आसक्ति त्याग्नुपर्छ—ती प्रिय सम्बन्धहरू, जसलाई अहिलेसम्म जीवनकै सर्वाधिक मूल्यवान् ठानिएको थियो।
यस युद्धमा प्रश्न उठ्छ—“यो कस्तो विजय हो, जहाँ सबै गुमाउनु पर्छ?”तर यही त्यागमार्फत साधकले वास्तविक स्वतन्त्रता र शाश्वत सत्यको साक्षात्कार गर्छ। संसारमा मोह भन्दा दरो अर्को वन्धन छैन र वैराग्य भन्द स्वतन्त्र अरु वस्तु छैन।
अन्ततः बुझिन्छ—जीवनको साँचो विजय भौतिक प्राप्तिहरूमा होइन, स्वयंको सीमितताको अतिक्रमणमा छ।
योग वशिष्ठमा मर्यादा पुरुषोत्तम श्रीराम भन्नुहुन्छ—
‘श्री’ (समृद्धि) र ‘ऐश्वर्य’ नै दुःखको कारण हुन्।
जसरी कुनै नगरमा प्रहरीको संख्या त्यहाँको असुरक्षाको सङ्केत हो — यदि नगरमा अपराध नै नहुने हो भने प्रहरीको आवश्यकता हुन्न — त्यसरी नै जहाँसम्म आसुरी प्रवृत्ति रहन्छ, त्यहाँसम्म दैवी शक्तिको पनि उपस्थिति रहन्छ। आसुरी प्रवृत्तिको अन्त्य भएसँगै दैवी शक्तिको पनि अस्तित्व समाप्त हुन्छ, किनभने यी दुवै एक अर्कासँग अविच्छेद रूपमा गाँसिएका छन्। यी दुई एक अर्का बिना रहन सक्दैनन्।
एउटा प्रचलित भनाई छ, गहुँको बालीमै घुन उम्छ, त्यसका लागि छुट्टै बाली लगाउनुपर्दैन त्यसै गरी, सुख र दुःख पनि एकै सिक्काका दुई पाटा हुन्। सुख बिना दुःखको अस्तित्व छैन, र दुःख बिना सुखको अनुभव सम्भव छैन। समृद्धिले सँगसँगै दुःख पनि ल्याएको हुन्छ, जसरी जन्मले सँगै मृत्यु पनि अनिवार्य रूपमा ल्याउँछ। यसैले, जीवनका हरेक अवस्था र अनुभूतिलाई समभावले स्वीकार्नु नै वास्तविक ज्ञान र मुक्ति तर्फको पहिलो पाइला हो।”
यस अर्थमा गीता भौतिक युद्ध मात्र होइन, त्योभन्दा पर, शाश्वत सत्यको खोजीमा लडिएको एक आन्तरिक युद्ध हो।
कृष्ण को हुनुहुन्थ्यो? गुरु को हो?
कृष्ण, योगीहरूका पनि योगी हुनुहन्थ्यो। उहाँ परब्रह्ममा स्थित, परमानन्दमा लीन, समग्र सत्यलाई प्रत्यक्ष अनुभूत गर्नुभएको एक परिपूर्ण गुरु हुनुहुन्थ्यो।
यदि तपाईंलाई यो संसारमा कसैले तपाईंभन्दा धेरै जान्दछ भने त्यो तपाईंको गुरु हो। गुरु त्यो हो, जसले न केवल आफूलाई मुक्त गर्छ, तर अरूलाई पनि यो संसारको दलदलबाट पार लगाइदिन्छ। गीताको अन्तिम अध्यायमा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ: “मैले सम्पूर्ण रहस्य बताएँ, अब तिमी स्वतन्त्र छौ—जुन चाहन्छौ, त्यही गर।”. तर साथसाथै चेतावनी पनि दिनुहुन्छ।
“यदि तिमी अहंकारले प्रेरित भएर युद्धबाट पछि हट्यौ भने त्यो तिम्रो हठ हुनेछ, मिथ्या हुनेछ, किनकि तिम्रो अन्तस्थ राजतत्त्व (प्रकृति) तिमीलाई बलपूर्वक युद्धमा तानेरै ल्याउनेछ।”
यसअघि, चौथो अध्यायमा, कृष्णले भन्नुहुन्छ: “मेरो र तिम्रो धेरै जन्म भइसकेका छन्। तिमी तिनीहरूलाई सम्झँदैनौ, तर म सबै सम्झन्छु।” यस्तो वाणी केवल कुनै साधारण ज्ञानीले होइन, परब्रह्ममा पूर्ण रूपमा स्थित, योगेश्वरले मात्र भन्न सक्छ।
कुनै शास्त्र गुरु विना अध्ययन गर्न थालियो भने त्यसको अर्थको अनर्थ लाग्न सक्छ, र मानिस हिंस्रक पनि बन्न सक्छ। त्यसैले ज्ञानी गुरुको आवश्यकता अनिवार्य छ।
जब हामीले धेरै गुजुल्टिएको धागो सुल्झाउनुपर्छ, तब समाधान एउटै हुन्छ —धैर्यपूर्वक एउटा मात्र धागोलाई पछ्याउनु पर्छ। यदि हामी हतारमा परेर जबर्जस्ती तान्न थाल्छौं भने, त्यो धागो झनै कसिन्छ, गाँठो झन् गहिरो हुन्छ। जीवनका समस्याहरू पनि यस्तै हुन्छन् —जटिल, गुजुल्टिएका, तर समाधान योग्य।
गुरु त्यो हो जसले त्यो गुजुल्टिएको धागोमा कुन धागो समात्ने हो भनेर देखाइदिन्छ।
गुरुले जबर्जस्ती गर्दैनन्; बरु समस्या पहिचान गरेर, सहज रूपमा समाधानको बाटो देखाउनुहुन्छ। गुरुको मार्गदर्शन बिना, हामी प्रायः गलत धागो समाएर झनै उल्झन्छौं।
तर गुरुले सत्यको सुरुवात देखाइदिनुहुन्छ — जुनबाट सम्पूर्ण उल्झन क्रमशः खुल्न थाल्छ।
अतः गुरु भन्नु नै त्यस्तो ज्योति हो जसले स्वयं उज्यालो भएर, अरूलाई पनि अन्धकारबाट उज्यालोमा लैजान्छ।
तर तत्ववित महापुरुषलाई कसरी चिन्ने?
महापुरुषको वाणीमा यस्तो शक्ति हुन्छ, जसले तपाईँको सम्पूर्ण दृष्टिकोण नै बदलिदिन्छ। तर, यति मात्र भनेर चित्त बुझाउनु हुँदैन — तेसो त वाक कलामा निपुर्ण व्यक्तिले पनि तपाई मनलाई मिठा कुराले दिग्भ्रमित गरिदिन सक्छ। त्यसैले यहाँ विवेकको प्रयोग अत्यन्त आवश्यक हुन्छ।
सच्चा महापुरुष मोहको भाषा बोल्दैनन्। उनी लाभ वा हानिको हिसाबले बोल्दैनन्। उनी त केवल लोककल्याणका निम्ति बोल्छन्, र कार्य पनि त्यही हितका लागि गर्छन्। म एकपटक कुनै कार्य गर्न अत्यन्त कठिनाइ महसुस गरिरहेको थिएँ। तर जब मैले श्रीरामकृष्ण परमहंसको अमृतवाणी सुनेँ, त्यो कुरा जुन मैले जीवनभर ‘म सक्दिन’ भनेको थिएँ, त्यही कुरा म सहजतासाथ गर्न सफल भएँ। घृणाले भरिएको मेरो मनमा, एकाएक गहिरो रूपान्तरण भयो।
श्रीकृष्ण अर्जुनलाई सम्झाउहै भन्नु हुन्छ —
यदि तिमी क्षणभंगुर सुख-दुःख दिने इन्द्रियहरूको वशमा परी यो शोकलाई पण्डितको वचन भन्दै छौ भने, त्यो वास्तवमा अज्ञान हो। सच्चा ज्ञानी—पण्डित—न त बितेका प्राणीहरूका लागि शोक गर्छन्, न त जीवितहरूको लागि।
“तिमी जसका लागि शोक गरिरहेका छौ, ती शोक गर्न योग्य छैनन्।तिमी जसलाई भिष्म पितामह भनेर शोक गरिरहेका छौ, उनी तिम्रो पितामह हुनु पहिले पनि थिए र पछि पनि रहनेछन्।”
यसले के देखाउँछ भने, आत्मा अजर-अमर छ। शरीर त केवल एक आवरण हो, परिवर्तनशील छ, तर आत्मा सनातन छ। त्यसैले शरीरको मृत्यु वा जन्मप्रति शोक गर्नु सच्चा ज्ञान होइन, इन्द्रियजन्य मोह हो।
श्रीकृष्णले बताउँनु हुन्छ, जुन श्वेतवस्त्रधारी भिष्म तिमी देखिरहेछौ, त्यो त केवल देह हो। त्योभन्दा पर, आत्मा छ—सत्य, सनातन र अविनाशी आत्मा। आत्मा कहिल्यै नष्ट हुँदैन।
“शरीर त केवल आवरण हो—जसरी हामी पुरानो कपडा फालेर नयाँ कपडा धारण गर्छौं, त्यसै गरी आत्माले जिर्ण शरीर परित्याग गरी नयाँ शरीर धारण गर्छ। मृत्युलाई अन्त्य सम्झनु भूल हो। मृत्यु त केवल शरीरको परिवर्तन हो।”
यदि आत्मा अजर अमर छ भन्ने सत्यलाई बुझिन्छ भने, तपाईं आफैं प्रश्न गर्नुहुन्छ—के कुनै देहधारी प्राणीप्रति हिंसा उचित हुन्छ?
उत्तर स्पष्ट छ— हुदैन। किनभने प्रत्येक प्राणी आफ्नै कर्मचक्र भोगिरहेको हुन्छ।त्यसैले प्रत्येकलाई उसको कर्मफलको परिपूर्णताको बाटोमा स्वभाविक रूपमा अघि बढ्न दिनु नै उचित हुन्छ। अकारण हस्तक्षेप गर्नु, विशेषगरी हिंसाको माध्यमबाट, प्रकृतिको धर्म र आत्मिक यात्राको अपमान हो।
यसरी, श्रीकृष्ण मृत्युको वास्तविकता पनि स्पष्ट पार्नुहुन्छ—
“यदि तिमी मृत्युलाई अपरिहार्य सत्य मान्छौ भने जान्नुपर्छ—जुन वस्तुको जन्म भएको छ, त्यो अवश्य मृत्यु हुन्छ। र मृत्यु पछाडि फेरि नयाँ जन्म निश्चित छ।” यसकारण, शरीरका लागि शोक गर्नु अज्ञानताको चिन्ह हो।
आत्माको अजरता र अमरतालाई जोड दिदै कृष्ण अर्जुनलाई कर्मवाट पछि नहटन जोड दिनु हुन्छ।
यदि स्वधर्मलाई आधार मान्ने हो भने पनि, अर्जुन! तिमी यो रणमैदानबाट पछि हट्न मिल्दैन। तिमीले आफ्नो क्षेत्रीय धर्म, अर्थात् यो क्षत्रिय भएर आफ्नो कर्तव्य पालन गर्नै पर्छ।
वर्ण के हो?
वर्ण भनेको चेतनाको अवस्था हो, न कि समाजमा देखिने जातिगत कुरिति।
- शूद्र त्यो हो जसले आध्यात्मिक सेवा गर्छ।
- वैश्य त्यो हो जसले सुजातीय (आत्मा-सँग मिल्ने) र विजातीय (बाह्य इन्द्रिय-सँग सम्बन्धित) वस्तुको पहिचान गर्छ।
- क्षत्रिय त्यो हो जसले इन्द्रियलाई वशमा राखेर आर्जित ज्ञान र धर्मको रक्षा गर्छ।
- ब्राह्मण त्यो हो जसले ज्ञानमय अमृत पान गरेर ब्रह्मलाई साक्षात्कार गर्छ।
उदाहरण:
किसानले जमिन तयार गर्छ—त्यो अवस्थामा ऊ शूद्र हुन्छ।
जमिन तयार भएपछि जब ऊ छानेर राम्रो बीऊ छर्छ—त्यो बेला ऊ वैश्य हुन्छ।
अन्न उम्रिएपछि त्यसको रक्षाको जिम्मेवारी लिन्छ—त्यो बेला ऊ क्षत्रिय हुन्छ।
अन्ततः फल खान्छ र तृप्त हुन्छ—त्यस क्षण ऊ ब्राह्मण हुन्छ।
अर्जुन भन्छन्, जब कुल धर्म समाप्त हुन्छ त्यहाँ वणसंकरले जन्म लिन्छ र कुलकै नष्ट गर्छ। तर कृष्णले यसलाई अज्ञान मान्नु भयो। उदाहरणको लागि वर्णसंकर भनेको यदि वैश्यले क्षेत्रीयको नक्कल गर्यो भने वणसंकर हुन्छ। आमा बुवाको गल्तीले वर्णसंकरको उत्पन्न हुदैन।
आदिशंक्रचार्य परम विदवान् हुनु हुन्थ्यो, एक चोटी एक शिष्यले उहाँ नक्कल गर्न लाग्यो। उसलाई संझाउनको लागि उहाँ लोहारका लानु भयो र दुई गिलासमा पग्लिरहेको लोहा माग्नु भयो पुउनुभयो त्यो शिष्यले किन सक्थ्यो। हो विदवानले गरको नक्कल्ले हानि गर्छ।
जातिय भेदभावको अन्त्य आफैबाट सुरु गरौ!
कर्म के हो ?
वस्तुत कर्मेन्दियको कार्यनै कर्म हो।
कुनै पनि जिव विना कर्म निमेस भर पनि रहन सक्दैन। जनवार देखी देवता सम्म कर्मको वन्धनमा बाधिएका हुन्छन्। जनवारले पनि शरीर पालन गर्न कर्म गर्छ तर त्यो कर्म मानिस द्वारा गरिने कर्म योग भन्दा फरक हो।
त्योसो त कर्मलाई बुज्न त्यति सजिलो छैन। धेरै प्रकारका कर्मको ब्याख्या र उल्लेख भएको पाईन्छ शास्त्रमा। गीतामा विषेश तिन प्रकारको कर्मको उत्लेख पाईन्छ कर्म, अर्कम र विकर्म। अरु तिन कर्मलाई पनि हेरै, प्रराब्ध, सञ्चित र क्रियामाण।
कर्म बन्धन नभएर बन्धनवाट निस्किने औजार हो। प्रकृतिले तिन गुण द्वारा निर्मित यो वन्धन कर्मवाटै निस्किन सकिन्छ यदि कर्मलाई योगमा परिणत गर्यो भने। वाधा भनेकै वन्धन हो, दुषित कर्मले वाधा गर्छ।
गुणले प्रेरित गरेर मानिसले कर्म गर्छ, सत्व गुणमा रहेर गरेको कर्म सात्विक कर्म, रजो गुणमा रहेर गरेको कर्म राजस कर्म हुन्छ र तमो गुणमा रहेर गरेको तामस कर्म। फेरिपनि कर्मले वन्धनवाट मुक्ति दिलाउन सक्दैन जब सम्म ज्ञान अग्नी द्वारा कर्म संगै संकारलाई भस्मसाथ गरिदैन।
कर्म: सामान्य कार्य — जसको केही उद्देश्य वा फल हुने आशा सहित गरिन्छ।
अकर्म: जसको कुनै बाह्य क्रियाशीलता छैन, तर आन्तरिक स्थिरता वा शुद्ध चेतनामा स्थित अवस्था हो।
विकर्म: त्यो विशुद्ध कर्म, जुन अहंकाररहित, फल-आशारहित र पूर्ण समर्पण भावले गरिएको हुन्छ —
यस्तो कर्मले नै मानिसलाई कर्मबन्धनबाट मुक्त गराउँछ।
- नोट: कर्म, विकर्म र अकर्मलाई सबैले आफ्नै तरिकाले ब्याख्या गर्छन।
क्रियामाण कर्म: अहिले गरिरहेको कर्म जो परिणाम पछि मिल्छ, कर्मको खेती हुदैछ।
संचित कर्मः कर्मको भण्डार जा कर्म फल पाक्दैछ
प्रारब्ध कर्म: संचित कर्मको हिस्सा, जो फल भोगनलाई तयार छ। यसलाई टार्न सकिन्न, केवल सहन र बुझेर पार गर्न सकिन्छ।
समात्न जाने पारलाउने रस्सी, नजाने तेसैमा कस्सी। कर्म तेही हो।
संस्कार के हो?
कुनै पनि वस्तुको कार्य संपादन गर्ने तरिका नै संकार हो। उदाहरणको लागि तपाइ संग डिजलवाट चल्ने गाडी छ, यसलाई तपाईले पानीवाट चलाउन सक्नु हुन्न किन? किनकी त्यो गाडीको संस्कार डिजल खाने छ। पानीवाट चलाउन खोज्नु त्यो संकार विरुद्ध हुन जान्छ।
हो यसरी नै हाम्रो शरिर पनि संस्कारमा आधारित छ। निन्द्रा लाग्दा सुत्नु, थाकेको वेला विषराम लिनु शरिरको संस्कार भित्र पर्छ। यदि थाकेको वेला विसराम लिनु भएन भने मृत्यू हुन सक्छ किनकी त्यो शरिरको संस्कार विरुद्ध हुन्छ।
तपाई कर्म शरिरको संस्कारको लागि गर्नु हुन्छ। यदि धर्ममा रहेर कर्म हुन्छ भने त्यसले राम्रो फल प्रदान गर्छ, यदि अधर्मको साहारामा भए अधोगति हुन्छ।
वायूमण्डलको संकल्प शरीरले ग्रहण गर्छ र ईद्रियलाई चलाएमानगराउँछ। ईद्रिय चलाएमान भए संगै मन प्रभावित हुन्छ, मनले गुण लाई उत्प्रेरित गरेर कर्म बन्छ। स्वधर्ममा आधारित कर्मले राम्रो संकारको निर्माण हुन्छ राम्रो संकारले तिनै गुणलाई शान्त गर्छ, तिनै गुण शान्त भए संगै कर्मयोग बन्छ। कर्मले योगको रूप लिए संगै यज्ञ प्रकट हुन्छ त्यही यज्ञमा उत्पन्न ज्ञानाग्नीमा सम्पुर्ण कर्म र संकारको हवन गरी भस्मसाथ गरिन्छ। तेही नै कर्म चर्कको अन्तिम विन्दु हो। यसरी आत्मा कर्म च्रकवाट मुक्त हुन्छ र ब्रमाण्डको ऐश्वर्य र याथार्थ रूप जान्दछ।
तर यदि स्वधर्मको कर्म भएन भने राम्रो संस्करको निर्माण हुदैन र कर्मले योगको रूप लिदैन र आत्मा कर्म च्रकमै रुमल्लिन पुग्छ। कर्मलाई त्याग्न मिल्दैन, कुनै पनि कर्म पुर्ण रुपले दोष मुक्त छैनन्। कर्म औजार हो प्रकृतिको वन्धन काट्न, यदि औजारै छैन भने के ले काट्नुहुन्छ? हो कर्मलाई क्रमिक रुपमा सुधार गरी कर्मयोग बनाउनु पर्छ।
प्रकृतिले बिछाएको जालमा आत्मा फस्छ र त्याहाँवाट उम्कन सक्दैन, वस्तारै आफ्नै कर्मको वन्धनमा बेरिन पुग्छ। सर्व शक्तिमान आत्मा आफ्नो अस्लि अस्तित्व भूलेर संसारिक बिषयमा लिप्त हुन्छ र कर्मबाट मुक्त हुन सक्दैन।
प्रकृति सधै आत्माको सेवामा हाजिर छ। आत्मा जस्तो सेवा चाहान्छ प्रकृति तै अनुरूप प्रस्तुत हुन्छ। प्रकृतिले सेवाभाव वाट आत्मा माथी आफ्नो पुर्ण नियन्त्रण गरेको हुन्छ। कुरो यो हो, प्रकृतिको अधिन हुनेकी प्रकृतिलाई अधिन गरेर निस्काम कर्म गर्ने। जब सम्म यो अवस्था को थाहाँ हुदैन तब सम्म वैरागय उत्पन्न हुदैन।
कर्म, भक्ति र ज्ञान यी छुटै नभएर एकै ठाउँ भेट हुने तिनटा मार्ग हुन। निस्काम कर्म नै भक्तिमा परिणत हुन्छ, भक्ति द्वारा तत्व ज्ञान प्राप्त हुन्छ, ज्ञान द्वारा बह्मको साक्षात्कार हुन्छ। राजेश्वरानन्द महाराज भन्नुहुन्छ — भरत स्वयं भक्ति, ज्ञान र कर्मको पर्यायवाची हुनुहुन्थ्यो। उहाँ राममा पूर्ण रूपले समर्पित, ज्ञानमा ब्राह्मण, र कर्ममा अडिग र निष्ठावान क्षेत्रीय हुनुहुन्थ्यो।
सपना किन यथार्थमा परिणत हुन्छ भनी विश्वास गरिन्छ?
किनकि त्यस समयमा इन्द्रियहरू पूर्ण रूपमा विश्राममा हुन्छन्, शरीर पुर्ण संस्कारमा हुन्छ, र मन स्वधर्म अनुसारको कर्ममा लीन हुन्छ। त्यसैले ती भावना केवल भ्रम नभई कहिलेकाहीँ चेतन र अवचेतनको साक्षात्कार हुन्छ — जहाँ भाव, कर्म, र दर्शन एक भएर यथार्थ बनाउने बीज बोउँछन्।
निस्काम कर्म के हो?
त्यो कर्म नै सच्चा हो, जसले साधकलाई शाश्वत सनातन तर्फ डोर्याउँछ। गुणद्वारा प्रेरित कर्म, जब वासना भन्दा पर हुन्छ र कर्तव्यबोधमा आधारित हुन्छ, त्यही नै निस्काम कर्म हो। तर निस्काम कर्मको प्रारम्भ तब मात्र हुन्छ जब साधक एक निश्चित आध्यात्मिक अवस्थामा पुग्छ — जहाँ उसले ब्रह्मबाट आउने आदेशलाई स्पष्ट रूपमा चिन्न र अनुसरण गर्न सक्छ।निष्काम कर्मयोग तबसम्म सुरु हुँदैन, जबसम्म तपाईं एउटा विशिष्ट अवस्थादेखि माथि उठ्नुहुँदैन। यसलाई अर्कोतर्फबाट हेर्ने हो भने, निष्काम कर्मयोग भन्नुको अर्थ हो—कर्मलाई आराधनाको रूपमा लिनु।
धेरै मानिसहरू भन्छन्, “जेसुकै गर्नुहोस्, तर फलको इच्छा नराखी गर्नुहोस्, त्यही निष्काम कर्मयोग हो।” तर यो बुझाइ अपूर्ण वा गलत छ।
उदाहरणका लागि, भगवद्गीतामा श्रीकृष्ण अर्जुनलाई कर्मयोगको शिक्षा दिनुहुन्छ। तर त्यो शिक्षा सबैका लागि होइन, बरु अर्जुनजस्ता एक विकसित साधकका लागि हो, जो युद्धभूमिमा आफ्नो अन्तरमनको कलह र धर्मबीच द्वन्द्वमा थिए। यस प्रसङ्गमा बुझ्नुपर्ने कुरा के हो भने—कृष्ण स्वयं योगेश्वर हुनुहुन्थ्यो र अर्जुन त्यस स्तरमा पुगिसकेको साधक थिए जा उनि ब्रह्मवाट निर्देशित थिए।
निष्काम कर्मयोगको अभ्यास गर्न, केवल ‘फलको इच्छा त्याग्नु’ पर्याप्त छैन। तपाईंको शरीर, मन, इन्द्रिय, धर्मबोध—यी सबै एक तक्तमा आउनुपर्छ। जब तपाईंको सम्पूर्ण अस्तित्व सन्तुलित हुन्छ, त्यतिबेला मात्र वास्तविक निष्काम कर्म सुरु हुन्छ।
अर्जुन निष्काम कर्मका लागि योग्य थिए, किनकि उनी भगवान श्रीकृष्णको वाणीलाई सहज रूपमा बुझ्न सक्ने स्तरमा थिए। कृष्णले उनलाई बारम्बार ‘मित्र’ भनेर सम्बोधन गर्नुका पछाडि पनि गहिरो कारण छ— त्यो सम्बन्ध केवल सांसारिक होइन, आत्मिक निकटताको संकेत हो। अर्जुन त्यो मार्गमा एक उच्चकोटीका साधक थिए, जो अध्यात्ममा प्रवेश गरिसकेका थिए। जहाँ कृष्ण अध्यात्मको चरम शिखरमा विराजमान हुनुहुन्थ्यो, अर्जुन त्यही यात्राको आरम्भिक उत्कृष्ट चरणमा रहेका साधक थिए।
उदारहणका लागि, एउटा वैज्ञानिकले लेखेका कुरा त्यहीँ स्तरको व्यक्तिले मात्र बुज्छ, अरुको लागि त्यसले कुनै महत्व वा अर्थ राख्दैन।
सिद्ध महापुरुषहरु निष्काम कर्म गर्छन, केवल लोक हित र लोक संङ्ग्रहका लागि।
कृष्ण भन्नु हुन्छ, मलाई तिनै लोक सुलभ छ, संसारमा यस्तो वस्तुको छैन जो अप्राप्त छ। तर फेरी पनि त संगै निष्काम कर्म गरिरहेको छु अर्जुन केवल और केवल लोक संङग्रहको लागि।
निराकार ब्रह्मको चिन्तन गर्नु अत्यन्त कठिन छ —किनभने त्यो अनुभूति सीमाभन्दा परको हुन्छ। अतः, जो योगी ब्रह्ममा स्थित छन्, तिनीहरूलाई नै ब्रह्म रूपमा मानेर, आफ्नै अस्तित्व उसैमा समर्पित गर्नु नै सर्वाधिक कल्याणकारी मार्ग हो।
धर्म के हो ?
धर्मको ठोस ब्याख्या छैन। धर्म यो हो, यो होइन भन्ने हुदैन। धर्म- समय, परिस्थिति र प्रकृतिले निर्धारित गर्छ। धर्म भन्नाले कुनै जात, पूजा, वा पोशाक होइन — धर्म भन्नु नै “कर्तव्य” हो, जुन समय, परिस्थिति, र भूमिका अनुसार बदलिन्छ।
वस्तुत जो कुरा धारण गर्न योग्य छ त्यो नै धर्म हो। — जुन कुरा जीवनलाई सन्तुलन, न्याय, र सच्चाई तर्फ लैजान्छ — त्यही नै धर्म हो।
धर्म स्थिर होइन, सजीव हो। यो समय र परिस्थिति अनुसार बदलिन्छ।
वाघले आक्रमण गरेको हिरणलाई बचाउनु पापकी धर्म? हिरणलाई बचाउनु भयो भने बाघ भोकले मर्न सक्छ तर त्येहि वाघवाट तपाईको परिवारलाई बचाउनु तपाईको धर्म हो।
कसै प्रति हिंसा गर्नु पाप हो तर हिंस्रक दुष्ट प्रति हतियार उठाउनु फेरि धर्म हो।
धर्म भनेको सत्कर्म, समयानुकूल कर्तव्य र आत्मचेतनाको मिलन हो।
समाजिक कर्तब्य जो शास्वत धर्म भन्दा अलग हुन्छन जस्तै:
- राजाको आफ्नो धर्म हुन्छ। राज धर्म।
- प्रजाको आफ्नो धर्म हुन्छ
- माता पिताको आफ्नो धर्म हुन्छ, त्यस्तै सन्तानको आफ्नै
तर यी सामाजिक धर्म भन्दा अटल शास्वत, ” सनातन धर्म” जो ब्रह्मवाट निर्देशित छ, जस्ले योगी तपस्वीहरुको सधै रक्षा गर्छ। जब स्वधर्मले आफ्नो कार्य गर्न छोड्छ तब ब्रह्म स्वयम अवतारित हुन्छ।
श्लोक ४.७ –
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानम् अधर्मस्य तदाऽऽत्मानं सृजाम्यहम्॥”
“जबजब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ हे भारत (अर्जुन), तब म स्वयम् प्रकट हुन्छु।”
श्लोक ४.८ –
“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥”
“सज्जनहरूको रक्षाका लागि, दुष्टहरूको विनाशका लागि, र धर्मको स्थापना गर्न म युगौँ–युगसम्म प्रकट भइरहन्छु।”
सनातन धर्म भन्नाले के जनाउँछ?
सनातन” को अर्थ हुन्छ: शाश्वत, नित्य, जुन कहिल्यै नष्ट हुँदैन। जस्तै, आत्मालाई कर्म अनुसार शरिर धारण गर्न कसैले रोकन् सक्दैन।
कर्म फलको दाता को हो ?
कर्मको फलको दाता प्रकृति हो। जसरी बिउ रोपियो भने त्यसले अनिवार्य रूपमा फल दिन्छ, त्यसैगरी जस्तो कर्म गरिन्छ, त्यस्तै फल प्राप्त हुन्छ। शरीर एउटा खेत जस्तै हो, कर्महरू त्यसमा रोपिने बिउहरू हुन्। इन्द्रियहरू ती बिउ रोप्न प्रयोग हुने औजारहरू हुन्, र संस्कारहरू वातावरण वा मौसमझैं असर पार्ने तत्त्व हुन्।
समय भन्दा वलवान र कर्म भन्दा न्यायिक कोही छैन। हरु कोही कर्मवाट सञ्चालित छ। कसैले कसैलाई केही गर्नु पर्दैन सबैको हिसाव कर्मले गर्छ। कसै प्रति क्रोध या बदलाको भावनामा जल्नु ब्यार्थ छ। क्रोध या बद्लाले त आफ्नै अधोगतिको ढोका खोल्छ। तसर्थ, तिमी कर्मको रहस्य बुझ। फलको अपेक्षा नराखी, निष्काम भावले कर्म गर। कर्मफलको जिम्मा प्रकृतिलाई छोडिदेउ— तिमी केवल निष्काम कर्ममा दृढ रहौ।
लक्ष्मणले कैकैइको कारण आज रामले बनवास भोग्नुपर्यो भनेर गुवजी सँग गुनासो गर्छन्। तर त्यतिबेला पुरुषोत्तम श्रीराम लक्ष्मणलाई सम्झाउँदै भन्नु हुन्छ—
हेर लक्ष्मण, सबैले आफ्नो कर्मफल भोग्ने हो त्यसैले कसैलाई दोस दिनु उच्चित छैन, यदि मेरो कर्ममा बनवास थिएन भने मैले भोग्नै पर्ने थिएन।
योगीहरुका पनि योगी श्री रामका सामू हुन पनि कैकेईको मति कसरी भ्रष्ट हुन सक्थ्यो?
बुद्धको नजर पर्दै अङ्गुलिमालको विचार बदल्यो। तर जब कर्मको खेल प्रारम्भ हुन्छ, त्यो खेलले राग, द्वेष, तत्व, विवेक—सबैलाई छोप्न सक्छ।
कैकेयीलाई यदि कोही सर्वाधिक प्रिय थिए भने, त्यो स्वयं श्रीराम नै हुनुहुन्थ्यो। तर जब कर्मले आफ्नो लीलाको चक्र घुमाउन थाल्छ, तब मति नै मारी दिन्छ।
न कोही सधैं राम्रो रहन्छ, न सधैं नराम्रो। समय र कर्मले सबैमा विकिरण उत्पन्न गर्छ—विचार, भावना, व्यवहार सबै प्रभावित हुन्छन्। दोष व्यक्तिमा होइन, दोष त कर्म र गुणमा हुन्छ।
अतः धैर्य धारण गर, आफ्नो कर्मफल स्वीकार गर, र ज्ञानरूपी नौकाबाट भवसागर पार गर। यही हो धर्म, यही हो योग, यही हो मुक्तिको मार्ग।”
ज्ञान विज्ञान
भगवद्गीता” गूढ रहस्यहरूले भरिएको एक दिव्य ग्रन्थ हो। यसको प्रत्येक अध्यायमा आध्यात्मिक जीवनका गहिरा सत्यमाथि प्रकाश पारिएको छ।
उदाहरणस्वरूप, अध्याय ४ मा भगवान श्रीकृष्ण अर्जुनसँग भन्नुहुन्छ:
“इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्।
विवस्वान् मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत्॥”
(भगवद्गीता ४.१)
अर्थात् — “मैले यो शाश्वत योग सूर्यदेव (विवस्वान) लाई उपदेश गरेको थिएँ। सूर्यले यो ज्ञान मनुलाई दिए र मनुले इच्छ्वाकुलाई। यसरी यो ज्ञान परम्परागत रूपमा सर्दै आएको थियो। तर बीचमा यो लुप्त भयो। आज म तिमीलाई यही सनातन ज्ञान पुनः प्रदान गरिरहेको छु।”
यहाँ ‘सूर्य’ केवल एक ग्रह होइन, प्रतीक पनि हो — ‘प्रकाश’को प्रतीक।
जहाँ प्रकाश पर्छ, त्यहाँ दृश्यता आउँछ। जे कुरा आँखाले देख्छ, त्यसलाई मनले ग्रहण गर्छ। मनले ग्रहण गरेपछि त्यसप्रति जिज्ञासा जाग्छ। जिज्ञासाले आकर्षण ल्याउँछ, र आकर्षणले कामना उत्पन्न गर्छ। जब कामना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ। क्रोधले बुद्धि नष्ट गर्छ। बुद्धि नष्ट भएपछि विवेक समाप्त हुन्छ। विवेकविना व्यक्ति राम्रो र नराम्रो छुट्याउन सक्दैन। र, जब भिन्नता नै नबुझिने अवस्था आउँछ, तब मन अशान्त हुन्छ।अशान्त मन नै दुःखको मूल कारण हो।
जब ऋषि अष्टावक्र राजा जनकको दरबारमा पुग्नुभयो, उहाँको टेढो–मेडो शरीर, टुटेको चाल, र कुरूपता देखेर दरबारका सबै विद्वानहरू हाँस्न थाले। राजा जनक स्वयं पनि मुस्कुराउन थाल्नुभयो। तर आश्चर्य के भयो भने—अष्टावक्र पनि हाँस्न थाल्नुभयो। उहाँको हाँसो देखेर दरबारका सबैजना छक्क परे।
राजा जनकले विनम्रतापूर्वक सोधे— “हे ऋषिवर, हामी त तपाईंको शरीर देखेर हाँसेका हौं। तर तपाईं किन हाँस्नु भयो?”
अष्टावक्र शान्त स्वरमा उत्तर दिनुहुन्छ—“म त यो सोचेर हाँसेँ कि जनकको दरबार त चमारहरुले भरिएको रहेछ, जो मेरो शरीर को नाप तौल गर्दैछ।जनक गहिरो पश्चातापमा डुब्नुहुन्छ। उहाँले अष्टावक्र ऋषिसँग क्षमा याचना गर्नुहुन्छ र उहाँको आगमनको कारण बुझ्न चाहनुहुन्छ। पछि भएको शास्त्रार्थमा जनकसहित दरबारका सबै पण्डित अष्टावक्रसँग पराजित हुन्छन्। जनकले अष्टावक्रलाई श्रद्धा अर्पण गर्दै भन्छन्—“म तपाईंसँग भएको सबैभन्दा मूल्यवान् वस्तु तपाईंलाई दिन चाहन्छु।” उहाँले आफ्नो राज्य, सम्पत्ति, सुख–सुविधा, सबै अर्पण गर्नुहुन्छ।
तर अष्टावक्र मुस्कुराउँदै भन्नुहुन्छ—“राजन्, यी सबैभन्दा पनि एक अत्यन्त मूल्यवान् वस्तु तिमी सँग अझै बाँकी छ।”
जनक अचम्ममा पर्छन्। उहाँले भन्छन्— “स्वयम् म आफूलाई नै तपाईंलाई समर्पण गरिसकेँ। त्यसपछि पनि मसँग केही बाँकी छ?”
अष्टावक्र उत्तर दिनुहुन्छ— “त्यो हो — तिम्रो मन। जबसम्म मन तिमी सँग बाँकी छ, तबसम्म अहं बाँकी छ, अलगपन बाँकी छ। मनको दान नै सम्पूर्ण दान हो। संसार भन्नु नै मनको विस्तार हो — मन हटेपछि संसार मेटिन्छ।
मन बाँच्छ भने संसार बाँच्दछ,
तर जब मन मर्छ, संसार पनि मर्छ।
कृष्णले संपूर्ण शास्त्रवाट खंगालेर निकालिएको ज्ञान अर्जुनलाई दिनु भएको थियो।
उदाहणको लागि कृष्ण १३ अदध्यायमा भन्नु हुन्छ, मैले बताई रहेको कुरा पहिलाका योगी, महर्षीले पनि अनुभूत गरेर बताएका छन्। कृष्णले बताई रहनु भएको ज्ञान परापूर्व काल देखी चलि आएको थियो जुन विचमा लिप्त थियो।
ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक् |
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः || १३. ५
मैत्रेयी उपनिषद् (अथर्ववेद)
मैत्रेयी उपनिषद् (१.३-४) मा एक समानांतर विचार उल्लेख छ :
“यदा वै धर्मोऽधर्मेणाभिभूयते, तदा स भगवान् धर्मं गोपायितुं अवतरति । “
मैत्रेयी उपनिषद् मा पनि धर्म रक्षाको लागि भगवानको अवतार हुन्छ भन्ने स्लोक छ, जुन कुरा कृष्णले दोर्याउनु भएको छ।
भक्ति
पूर्ण रूपमा समर्पित भावले लाग्नु नै भक्ति हो। जसप्रति समर्पित छ, त्यसप्रति दृढ रहनु नै भक्ति हो। जस्तै हनुमानजी, जसले सबै मान–अपमानको हनन् गरी प्रभुप्रति पूर्ण समर्पण र अटल श्रद्धा राखे। भक्ति त तेलधाराजस्तै अविरल बग्नु पर्दछ — जहाँ क्रम नछुटोस्, एकनास चलिरहोस्।
जसरी बिरामी वैद्यकहाँ पुग्छ र वैद्यप्रति दृढ विश्वासका साथ उसका आदेशहरूको पालना गर्छ, तब मात्र रोग निवारण हुन्छ — त्यसरी नै यदि भवसागरबाट मुक्त हुनुछ भने तत्वज्ञानी महापुरुषप्रति पूर्ण समर्पण आवश्यक हुन्छ, जसले ब्रह्मसम्मको मार्ग देखाइदिन्छ।
मानिस आवश्यकता अनुसार दैवी शक्तिहरूको शरणमा पुग्दछ — ज्ञान चाहियो भने सरस्वतीको, पवित्रता चाहियो भने पार्वतीको, र समृद्धिका लागि लक्ष्मीको स्मरण गर्छ। तर मुक्तिको मार्ग त उस महापुरुषले देखाइदिन्छ, जसले ब्रह्मको साक्षात्कार गरिसकेको हुन्छ।
प्रकृति, दैवि शक्ति र सबै त्यो महापुरुषको सेवामा तल्लिन हुन्छन। त्यसैले महापुरुष श्रीकृष्ण भन्नुहुन्छ — ‘ सबै थोक छोडेर केवल मेरो शरणमा आऊ, म तिमीलाई सबै पापबाट मुक्त गरिदिन्छु।’ तर यसको अर्थ यो नलागोस् कि जति पाप गरे पनि अन्त्यमा महापुरुषको शरणमा पुगेर छुटकारा पाइनेछ। यो वचन केवल उसका लागि हो, जसबाट अज्ञानवश पाप भयो र अहिले त्यसै हिनतामा उल्झिएको छ।
ब्रह्मको कुनको नामको जप गर्ने ?
कोही भन्छन राधा नामको जप, कोही भन्छन् कृष्ण र राम, कोही भन्छन अरु कुनै नाम। कृष्ण स्वयम भन्नु हुन्छ स्मरण मेरो गर र उचारण ॐ गर। ॐ बह्मको सबै भन्दा छोटो र सजिलो नाम हो। 🕉️
जीवन अत्यन्त मूल्यवान छ — यसलाई अज्ञानतामै समाप्त गर्नु उचित होइन। ‘हीरे जेसा श्वास बातो में विति जाए’ भन्ने भनाइ छ — हामीले फेर्ने श्वास हिराजस्तै अमूल्य छ, यसलाई व्यर्थ कुरामा खेर फाल्नु हुँदैन।
भनिन्छ, गर्वावास एकदममै कठिन र पिडादाई हुन्छ। अर्को जन्म कस्तो हुने हो, कहाँ हुने हो, कस्तो परिवेशमा जन्मिने हो — कसैलाई थाहा छैन। जन्मनु पर्यो, हुर्कनु पर्यो अनेकौ झमेला छन्, त्यसैले यही जीवनमै जति सकिन्छ, त्यही सत्यतर्फ, त्यही तत्त्वज्ञानतर्फ लम्कनु आवश्यक छ। त्यो बीजको कहिल्यै नाश हुँदैन — र अनन्त समयपछि पनि अन्ततः उहीँ पुगन्छ, जहाँ तत्त्वज्ञानको प्रत्यक्ष अनुभूति हुन्छ।
संयासी: जो सुन्याता तिर अग्रसर छ।
साधू सन्त किन एकान्तमा तप, धयान गर्छन्? यही समाज रहेर पनि गर्न सक्थे। संन्यासी भन्नाले केवल वस्त्र परिवर्तन गर्ने होइन, मन, वचन, र कर्मले संसारबाट विरक्त भएर अन्तर्मुखी हुनु हो। जब साधु–सन्तहरू समाजबाट टाढा एकान्त स्थानमा बस्छन्, त्यो उनीहरूको आन्तरिक संसारमा प्रवेश गर्न सहजता मिलोस् भनेर हो।
समाजमा रहेर मनलाई काबुमा राख्नु कठिन हुन्छ, किनभने:
समाजमा अनेक प्रकारका विचारधाराहरू सञ्चार भइरहन्छन् — लोभ, मोह, द्वेष आदिको लहर चलिरहन्छ। त्यस्ता संकल्प–विकल्पहरू वायुमण्डलमै छरिन्छन्, जसलाई योगदृष्टिमा “वासनात्मक वायुमण्डल” भनिन्छ।यिनै सूक्ष्म प्रभावहरूले साधकको मनलाई बाहिरी तिर तानिरहन्छ।
एकान्तमा ध्यान गर्दा, मनले अल्झिने बहिरंग तत्वहरू न्यून हुन्छन्,
- र श्वास–प्रश्वास शुद्ध हुन्छ, जसले चित्तलाई स्थिर बनाउँछ,
- जसबाट शून्यताको बोध सम्भव बन्छ — जहाँ ‘स्व’ को विलोप र ‘सत्य’ को अनुभूति हुन्छ।
यही कारणले हिमालय, वन, गुहा जस्ता स्थानहरू साधनाका लागि उपयुक्त मानिन्छन्।
अर्को कुरा तपाई लक्ष्य भनेको कर्म चक्रवाट निस्किनुहो तर यदि समाजमा रहनुभयो र मानै सात्युक कर्ममै भयो भने पनि फल त भोगनु पर्छ। तर तपाईको उदेश्य त्यो होईन।
अध्याय आठ मा प्रकृतिको चर्चा गरिएको छ।
मूल त दुई प्रकृतिको वारे चर्चा गरिएको छ। पहिलो परा र अर्को अपरा।
परा प्रकृति = चैतन्य आत्मा
यो जीवात्मा हो — चेतन, अनुभवी, स्वप्रेरित।
— साक्षीभावले सबैलाई देख्ने र अनुभूति गर्ने तत्व।
— यसले शरीरको इन्द्रियहरू, मन, बुद्धि, अहंकार आदि ‘उपकरणहरू’ प्रयोग गर्छ, तर आफैं शुद्ध चेतन हो।
अपरा प्रकृति = पञ्चमहाभूत + मन, बुद्धि, अहंकार
यी सबै भौतिक तत्त्व हुन्।
— यी बिना संसारको संरचना हुँदैन।
— मन-बुद्धि-अहंकार पनि शरीरसँगै नाश हुने तत्त्वहरू हुन्, चेतन होइनन्।
— तसर्थ, अपरा प्रकृति सबै ‘उपकरण’ मात्र हुन्; चालक होइनन्।
जीवन र जगत = परा र अपरा को संगम
- जब परा प्रकृति (आत्मा) ले अपरा प्रकृति (शरीर, मन, बुद्धि, पाँच तत्त्व) लाई प्रयोग गर्छ, त्यही संगमबाट “जीवन” जन्मिन्छ।
- यिनै दुईको संयोजनले “जगत” (सृष्टिको सञ्चालन) सम्भव हुन्छ।
एक दृष्टान्तले बुझौँ:
आत्मा (परा) = चालक
शरीर-मन-बुद्धि (अपरा) = गाडी
गाडीले आफैं चल्न सक्दैन — चालक चाहिन्छ।
चालक बिना गाडी निरर्थक छ — चल्दैन।
तर चालकले पनि गाडीको सहायता बिना यात्रामा जान सक्दैन।
त्यसैले जीवन भन्नु नै हो — चेतन र जडको अद्भुत संगम।
योग वा शरीरको साधना कुनै जात, धर्म, या सम्प्रदायको चीज होइन।
यो एक शुद्ध विज्ञान हो, जुन शरिर, मन, र प्राणलाई नियन्त्रण गर्ने तरिका हो।
पुराना ग्रन्थहरू हेर्ने हो भने — देवता, दानव, राक्षस, दैत्य सबैले योग, तपस्या र ध्यानमार्फत शक्ति प्राप्त गरेका छन्। यसबाट के प्रष्ट हुन्छ भने, अध्यात्म भनेको विश्वास मात्र होइन, सूक्ष्म स्तरको विज्ञान हो — जसले चेतनाको तहमा काम गर्छ।
आजको युगमा यदि हामी यसलाई आधुनिक विज्ञान र प्रविधिको नजरले हेर्छौं,
जस्तै — न्यूरो साइन्स, क्वान्टम फिजिक्स, बायोलोजी आदिसँग मिलाएर, तब हामी अझ राम्रोसँग बुझ्न सक्छौं कि ध्यान, प्राणायाम, मुद्रा, मन्त्र आदि कसरी शरीर र मनलाई असर गर्छन्।
अर्जुनले अध्याय ११ मा ब्रह्ममा स्थित कृष्णमा समस्त ब्रह्माण्डको दर्शन गर्छन्। कृष्णले अर्जुनलाई दिव्य दृष्टि प्रदान गर्नुहुन्छ। के कृष्णले अर्जुनको तेस्रो नेत्र खोलिदिनुभएको थियो? वा कुनै उन्नत भौतिक यन्त्र दिनुभएको थियो? कि त्यो विशुद्ध योगवल द्वारा प्रदान गरिएको दिव्य द्रिष्टि थियो ?
अध्याय १८ मा कृष्ण भन्नु हुन्छ,
सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः॥” (भगवद्गीता १८.६६)
“सबै धर्म त्यागेर मेरो शरणमा आऊ, म तिमीलाई सबै पापबाट मुक्त पार्नेछु, शोक नगर।”
यहाँ ‘धर्म’ भन्नाले कुनै पन्थ, सम्प्रदाय, वा बाह्य रीतिरिवाज होइन — यो जीवनको अन्तर्मूल्य, स्वभाव, कर्तव्य, र स्वधर्मको संकेत हो।
भगवान श्रीकृष्णको यो आव्हान उनैलाई हो, जो आत्मग्लानीमा डुबेका छन्, जो सोच्दछन्:
“हामी त अत्यधिक पापी हौं, हाम्रो मुक्ति सम्भव छैन।”
तर श्रीकृष्ण भन्नुहुन्छ — “सारा भय, सारा द्वन्द्व, सारा झुठा परिचयहरू त्यागेर केवल ममा समर्पित होऊ। म छु, तिमीलाई धारण गर्न तयार छु।” यो मुक्तिको मार्गमा श्रीकृष्णको खुला आमन्त्रण हो — प्रेम, करुणा, र पूर्ण समर्पणको।
संसार मानिसले भरिएको छ तर सबै एक्लाएक्लै आफ्नै युद्धमा
संसारमा केही पनि आफ्नो होइन, सबै जना एक्लै युद्ध लडिरहेका छन्। यति मात्र हो—कसैलाई थाहा छ, तर धेरैलाई थाहा छैन। यदि केही आफ्नो छ भने त्यो तिमीको कर्म हो, र यदि कोही सधैं साथमा रहन्छ भने त्यो हो धर्म। बाँकी सबै त मनले विस्तार गरेको जालो मात्र हो। ‘मैले गरेँ’ भन्ने अहंकार छोडेर, कर्म र त्यसको चक्र बुझ्यौ भने तिमीले आफ्नो गन्तव्य पक्कै तय गर्छौ।
अर्जुनले त्यो गन्तव्य आफैले तय गरे। भगवान श्रीकृष्ण स्वयं पूर्ण योगेश्वर भए तापनि, उहाँले अर्जुनको स्थानमा युद्ध गर्नु भएन। उहाँले केवल मार्ग देखाउनुभयो, उपदेश दिनुभयो।
तर अन्ततः कर्म अर्जुनकै थियो। यदि कृष्णले आफै अर्जुनको कर्म गरेर फल दिनु भएको भए — गीताको आवश्यक्ता नै पर्दैनथ्यो।
गीता त चेतना जगाउने ग्रन्थ हो, कर्मप्रेरणा दिने मन्त्र हो, र आत्मा-परमात्मा बीचको संवादको सेतु हो।
चिरा चिरा परेको अहङ्कारमा जब अङकुर फुट्छ तब मात्र अदध्यातमिक चेत खुल्छ। यदि कुनै पूर्वजन्म वा अतीतकालमै सनातन सत्यप्रति एक थोपा श्रद्धा, एक अङ्कुर फुटेको छ भने — त्यो बीज कहिल्यै नाश हुँदैन। त्यो बीज गहिरो जमिनमा छ, र एक दिन त्यो ज्ञानरूपी वृक्ष बन्नेछ।
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः |
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ||
“जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, र जहाँ धनुर्धारी अर्जुन हुनुहुन्छ,
त्यहाँ निश्चित रूपमा सम्पत्ति, विजय, समृद्धि र स्थायी नैतिकता हुन्छ।
यो मेरो दृढ विश्वास हो।”
तेसैले,
जय श्री कृष्ण!
थप:
अर्जुन पनि प्रारम्भमा कुरीतिमा फसेका थिए। उहाँले शास्त्रको आधारमा तर्क गर्नुभयो, धर्म, कुलनाश, पितृदोष आदिमा अल्झनुभयो। तर श्रीकृष्णले ती सबै तर्कलाई अज्ञान को रूपमा खारेज गर्नुभयो।
कृष्णले देखाउनुभयो —
सामाजिक रीतिरिवाज, परम्परा, र कर्तव्य जस्ता विषयहरू, जब आत्मज्ञानविना अपनिन्छन्, तब ती धर्म होइन, कुरीति बन्छन्।
कृष्णले प्रश्न उठाउनु भयो — “जब शरीर पनि तिमीले प्रकृतिबाट लिएको हौ, र मृत्यु पछि त्यसै प्रकृतिलाई फर्काइन्छ — त्यसपछि वास्तवमै के तिमीले कुनै कुरा ‘मेरो’ भन्न सक्नेछौ?”
यदि तपाईं कसैबाट जन्मिनुभएको हो भने — त्यसको गहिरो अर्थ हुन्छ। त्यो केवल जैविक सम्बन्ध होइन; त्यो ऋण हो, जसको मूल्य चुकाउनु तपाईको स्वधर्म हो, र त्यो मूल्य चुकाउने कार्य स्वकर्म हो।
तर जीवन केवल त्यसैमा अडिएको छैन — त्यसपारको सत्य पनि छ। त्यो सत्य हो आत्मज्ञान, ब्रह्मबोध, र मुक्ति। त्यहाँ जानुपर्छ — त्यो यात्रा आवश्यक छ।
अन्ततः प्रत्येक जन्ममा कुनै न कुनै ‘निमित्त’ हुन्छ। कोही माध्यम हुन्छ — जन्मको, कर्मको, मोक्षको। तर चेतना र बोध तपाईंले आफै विकास गर्नुपर्छ। कृष्ण स्वयं भगवान भए पनि,
उहाँ अर्जुनका निमित्त मात्र बन्नुभयो — कर्म त अर्जुनले आफै गर्नुपर्यो।
चाहे कसैले संसारको सातपटक परिक्रमा गरोस्, या फेरि घरमै बसेर शान्त जीवन बिताओस् — अन्ततः, ऊ बुढो त अवश्य हुन्छ। प्रकृतिले आफ्नो नियम पूरा गर्छ। शरीर वृद्ध हुन्छ, अंग कमजोर हुन्छ, चर्म खुकुलो हुन्छ।
अब प्रश्न उठ्छ —त्यो बुढ्यौलीमा उसको के योगदान छ? ऊ आफूले बुढो भएको छैन; उ त केवल प्रकृतिको नियममा समाहित भएको छ। त्यसैले, शरीरको वृद्धिलाई उपलब्धि ठान्नु भ्रम हो। मानिस बौद्धिक रूपमा ठूलो हुन्छ, ऊ शारीरिक रूपमा होइन। बुद्धि, विवेक, र आत्मचेतनाले मानिसलाई उचाइ दिन्छ, न कि केवल उमेर वा शरीरले।.
हरु कोही कर्मवाट सञ्चालित छ। कसैले कसैलाई केही गर्नु पर्दैन सबैको हिसाव कर्मले गर्छ। कसै प्रति क्रोध या बदलाको भावनामा जल्नु ब्यार्थ छ। क्रोध या बद्लाले त अधोगतिको ढोका खोल्छ।
समय भन्दा वलवान् र कर्म भन्दा न्यायिक कोही छैन।
संसार शुरविरका कथाले भरिएको छ तर त्यो कृति पनि कहिले सम्मका लागि? तर ती कृतिहरू पनि समयको सामु निरन्तर छैनन्।
समयले सबैलाई गाल्छ — राजा, महापुरुष, विजेता, र पराजित सबै।
शेष रहन्छ केवल — कर्मको सुगन्ध र धर्मको सार।
यसैले, न वीरता, न प्रसिद्धि, अन्ततः मानिसलाई मूल्य दिने तत्व हो —उसको कर्म र उसको सत्यप्रतिआस्था।
जय श्री राम !